पाँच केजी गाँजा बरामद

समाचार

रौतहट, १ चैत । चन्द्रपुर नगरपालिका–१ स्थित बागमती पुल नजिकै वेवारिसे झोलाबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा बरामद गरिएको छ ।

मंगलबार दिउँसो प्रहरीले सो परिमाणसहित गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ