मोरङ, १ चैत । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पथरीशनिश्चरे नगरपालिका–५ बस्ने ४५ वर्षीय दिपक बहादुर पाण्डेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पाण्डेले ती महिलालाई गत कात्तिक ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया