आगलागीबाट १३ लाख ८५ हजारभनदा बढीको धनमाल जलेर नष्ट

समाचार

सप्तरी, १ चैत । विष्णुपुर गाउँपालिका–७ ईटहरी बस्ने कपिलेश्वर मण्डल र हलेश्वर मण्डलको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब १४ लाखको धनमाल नष्ट भएको छ ।

मंगलबार राति आगलागी हुँदा दुवै जनाको घरमा रहेको अन्नपात, गरगहना, नगद लगायतका सामान गरी करिब १३ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ