काठमाडौं, १ चैत । शुक्रबार हुन गइरहेको उपराष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।
नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।
तपाईको प्रतिक्रिया