जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहिबार बस्दै

समाचार

काठमाडौं, १ चैत । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो ।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा समानुपातिक तर्फको एक स्थान रिक्त रहेको छ ।

मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् ।

बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने जसपाको प्रचार विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ