सांसदका लागि अन्सारी सिफारिस

समाचार

काठमाडौं, २ चैत । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सांसदमा मन्जु शर्मा अन्सारीको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी शहनाज रहमानको निधन भएपछि मुस्लिम कलस्टरबाटै क्रमागत अनुसार प्रतिनिधिसभा सदस्यका लागि अन्सारीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

शहनाज रहमानको फागुन १३ गते हृदयघातका कारण निधन भएको थियो ।

६७ वर्षिया रहमानको निधन भएपछि प्रतिनिधिसभा सदस्य पदमा रिक्त रहेको सो पदमा मन्जु शर्मा अन्सारीलाई पार्टीले सिफारिस गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ