रुपन्देही, ४ चैत । देवदह नगरपालिका–८ बंगाली डेरा गरी बस्ने सोही नगरपालिका–७ घर भएका ४६ वर्षीय राज कुमार कुँवरलाई साढे चार केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।
अवैध लागूऔषध गाँजा ४ केजी ५ सय ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले उनले पक्राउ गरेको हो ।
प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनको डेरा कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
साथै देवदह नगरपालिका–७ हिलटोल बस्ने २४ वर्षीय विशाल दर्जीलाई अवैध लागूऔषध गाँजा ३ केजीसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया