खैरो हेरोइनसहित तीन जना पक्राउ

समाचार

पर्सा, ४ चैत । वीरगन्ज महानगरपालिकाको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीय प्रविण खनाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १४ मिलिग्राम, नियन्त्रित लागूऔषध नुर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल, फेनारगन २ एम्पुल र नाइट्राभेट १५ ट्याब्लेटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१ मुसहर्नीमाई टोल बस्ने २८ वर्षीय बिशाल आले मगर र तनहुँ व्यास नगरपालिका–१२ देउराली बस्ने ३५ वर्षीय लाल बहादुर गुरुङ रहेका छन् ।

वडा प्रहरी कार्यालय बिर्ताबाट र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रूपमा खटिएको प्रहरीले ना.४४ प ४३११ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकला सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ