काठमाडौं, ५ चैत । सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल–भारत महिला मैत्री समाजको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिबार काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका–५ स्थित खेलकुद मैदानमा संयुक्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य परीक्ष, नाक, कान, घाँटी, आँखा, हाडजोर्नी, बालरोग, स्त्री रोग र अल्ट्रासाउण्ड लगायतका सेवाहरु प्रदान गरिएको थियो ।
नेपाल एपीएफ अस्पतालका चिकित्सकहरुद्वारा स्वास्थ्य शिविरमा निःशुल्क सेवा प्रदान गरेको थियो ।
सो स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गराउनुका साथै आषधी पनि प्राप्त गरेका थिए । साथै अपाङ्ता भएका ६ जनालाई ह्वीलचेयरसमेत प्रदान गरिएको थियो ।
नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिलाकी अध्यक्ष अनिता अर्याल, पदाधिकारीहरु, भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार, दूतावासकी प्रथम सचिव (प्रमुख सचिव अधिकृत) नेहा पाण्डे, एपीएफ मेडिकल अस्पतालका प्रमुख लगायत विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको थियो ।





तपाईको प्रतिक्रिया