वीरगन्ज, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मन गरेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आरिफ शेख र आसिफ शेखलाई महानगरले सम्मान गरेको हो ।
नेपाल विश्वकप क्वालिफायरमा छनौट भएपछि पहिलो पटक गृहनगर वीरगञ्ज आएका उनीहरु दाजुभाइ हुन् ।
महानगरपालिकाको कार्यालयमा मेयर राजेशमान सिंहले उनीहरुलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।
त्यसअवसरमा आरिफ र आसिफका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि सम्मान गरिएको छ ।
मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पु¥याउन विशेष भूमिका निर्वाह गरेकोमा उनीहरुको प्रशंसा गर्दै चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरेका हुन् ।
सोही दिन महानगरले यसअघि घोषणा गरेको पुरस्कार मोटरसाइकल पनि प्रदान गर्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया