काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराएका हुन् ।
समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, कायममुकायम प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सहभागी थिए ।
तपाईको प्रतिक्रिया