नेपाली क्रिकेट टिमका खेलाडि कुशल मल्ललाई बुटबल उपमहानगरको सम्मान

समाचार

रुपन्देही, ६ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ ।

उपमहानगरपालिकाले सोमबार एक समारोहका बीच बुटवल–११ देवीनगरका मल्ललाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

खेलमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बुटवलको पहिचान बढाउन योगदान गरेकाले सम्मान गरिरएको नगरप्रमुख खेलराज पाण्डेयले बताए ।

उपमहानगरले पूर्वक्रिकेट खेलाडी एवं कुशल मल्लका प्रशिक्षक शक्ति गौचन र कुशलकी आमा शर्मिला मल्ललाई समेत सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ