कमल राज पौडेल देबकमल, बर्दिया, ७ चैत । कारितास नेपालले गुलरिया नगरपालिका र कारितास ईटालियनको आर्थिक सहयोगमा २०७१ र २०७४ सालको बाढीबाट प्रभावित भएका गुलरिया नगरपालिका वडा न. ८ सर्यू टपराका पीडितहरुका लागि आवास निर्माण कार्य सुरु गरेको छ ।
कारितास नेपालको तर्फबाट १ लाख २० हजार र गुलरिया नगरपालिकाको तर्फबाट ३ लाख गरी प्रति घर परिवारले ४ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग पाउने छन् ।
सो सहयोग रकमबाट गुलरिया नगरपालिका र कारितास नेपालको संयुक्त निर्णयबाट तोकिएको मापदण्ड अनुसार कम लागतमा बाढी र भूकम्प प्रतिरोधात्मक घर बाढिपिडितले निर्माण गर्नु पर्ने हुन्छ ।
त्यसका साथै घर निमार्णमा पिडित स्यमको लागत साझेदारी या श्रमदान पनि रहने छ र सर्यू टपरामा यस वर्ष ३० वटा घर निमार्ण गरी आउने असार १५ सम्म सबै पीडितहरुलाई घर हस्तान्तरण गर्ने कुरा कारितास नेपाल फिल्ड अफिस गुलरिया बर्दियाका संयोजक नरेन्द्र केसीले बताए ।
२०७१ र २०७४ सालमा बबई नदिमा आएको बाढीले गर्दा बर्दिया जिल्लाको गुलरिया नगरपालिका लगायत अन्य पालिकाहरुमा ठूलो धनजनको क्षति भएको थियो ।



तपाईको प्रतिक्रिया