काठमाडौं, ९ चैत । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले ‘मिशन बारा–२’ घोषणा गरेका छन् ।
डा.राउतको सचिवालयले सामाजिक मार्फत् मिशन बारा–२ शुभारम्भ गरेको जनाएको छ ।
बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भइसकेपछि रिक्त भएको हो । आगामी बैशाख १० गते बारा–२ मा पनि उपनिर्वाचन घोषणा भइसकेको छ ।
बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारीमा लागेका छन् । तर, उपेन्द्रलाई जसरी पनि हराउन जनमत पार्टी लागेको देखिन्छ ।
सप्तरी २ मा उपेन्द्रलाई पराजित गरेका सीकेले बारा–२ मा पनि पराजित गराउने रणनीतिमा लागेका छन् । उपेन्द्रलाई सीकेले बाहिरी, फिरंगी उम्मेद्वार र चण्डमुण्डको संज्ञासमेत दिएका छन् ।
सीकेले सामाजिक सञ्जाल फेसबुकमा ‘महागढीमाईको आशीर्वाद लिँदै ’मिशन बारा–२’ को शुभारम्भ। माताको यो दरवारमा, स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायश छैन, यहाँ हरेक हालतमा जनमत पार्टी हौरन छाप नै विजयी हुनेछ ।’ भनेका छन् ।
तपाईको प्रतिक्रिया