बारा २ मा लोसपाले पनि उम्मेद्वारी दिने

समाचार

काठमाडौं, ९ चैत । बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि उम्मेद्वारी दिने जनाएको छ ।

लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीले बारा २ मा आफ्नो पार्टीको पनि उम्मेद्वारी रहने जनाएका छन् ।

उनले वैशाख १० गते हुने उपनिर्वाचनमा पनि जिम्मेवार पार्टी भएकाले भाग लिने मनसायको साथ अघि बढ्ने निर्णय गरेको बताए ।

उनले भने, ‘मधेश प्रदेश हाम्रो आधार भूमि हो । त्यो भएकाले हाम्रो भूमिका रहन्छ नै । हामी गठबन्धन दलको सदस्य पनि हौं । यो गठबन्धन निर्वाचनको लागि बनेको हाृेइन। पार्टी विस्तार गर्न र आफ्नो प्रभाव क्षेत्र हेर्नको लागि पनि स्वत उम्मेदवारी रहन्छ नै ।’

यसैगरी, लोसपा दश दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा जाने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकपछि गठबन्धन दलसँग कुरा गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको नेता शरदसिंह भण्डारीले बताए । अहिलेको गठबन्धनलाई पाँच बर्षसम्म टिकाएर लानुपर्ने बताए ।

उनले भने, ‘जनताले चुनावबाट गठबन्धनलाई अनुमोदन गरेका थिए । तर, सरकार बन्ने बेलामा राजनीति ट्रयाक बाहिर गयो । अहिले ट्रयाकमा फर्केको छ। यसलाई पाँच बर्षसम्म जोगाएर लानुपर्छ ।’

यस्तै, बैठकले पार्टीलाई नयाँ शिराबाट विकास गर्नको लागि संगठनलाई सदृणिकरण अभियान चलाउने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ