धनगढी, ९ चैत । नेपाली कांगे्रसले सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहका ७३४ वडामा अभियान सञ्चालन गर्ने भएको छ ।
अभियानका लागि प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइने जनाइएको छ । सुदूरपश्चिममा सङ्गठन सुदृढीकरणका लागि प्रदेश कार्यसमितिले अभियान सुरु गर्ने निर्णय गरेको हो ।
सो अभियान चैत महिनाभर सञ्चालन हुने जनाइएको छ । प्रदेश कार्यसमितिका सदस्यलाई जिल्ला कार्यसमितिसँगको समन्वयमा काम गर्ने गरेर प्रदेश सभा निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएको छ ।
खटाएको प्रदेश सभा निर्वाचन क्षेत्रभित्र सङ्गठनलाई चलायमान बनाउन विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालनका लागि जिल्ला कार्यसमितिसँग समन्वय र सहजीकरण गर्ने जिम्मेवारीसमेत प्रदेशबाट खटाएका प्रतिनिधिलाई कार्यसमितिले दिएको छ ।
तपाईको प्रतिक्रिया