रौतहट, ९ चैत । गरुडा नगरपालिकाले मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार आमरण अनसनमा बसेका छन् ।
नगरपालिकासँग १२ बुँदे माग राखेर अनसनमा बस्ने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट मेयरका प्रत्यासी दिपक यादव हुन् । यादव गएको स्थानीय तह चुनावमा कन्थमणि प्रसाद कलवारसँग पराजित भएका थिए ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धी, बिजुलीबत्ती र इन्टरनेट जडानमा भएको खर्चको विवरण र हालको अवस्था, स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण र उपलब्धिहरु, करारका कर्मचारीहरुको नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि, तलब, पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रिया सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने उनको अडान छ ।
विकास कार्यका सम्पूर्ण योजनाको विवरण र भुक्तानीका कागजात, दर्ता चलानी किताबमा दर्ता भएको पत्रहरुको प्रतिलिपि, हालसम्म्म भएको खर्च रकमको शीर्षक सहितको मास्केवारी विवरण, नगर सभाहरुको निर्णयको प्रतिलिपि, कोरोना पीडितहरुलाई दिएको रकमको विवरण, नगरपालिकाको नाममा रहेका सम्पूर्ण बैंक खाताहरुको विवरण सार्वजनिक गर्नुपर्ने उनको माग छ ।
तपाईको प्रतिक्रिया