धनुषा, ११ चैत । जिल्लाको मिथिला नगरपालिका–३ लालभित्तीमा दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
ना.६ ख ६५७८ नम्बरको ट्रक र प्र.१–०२–००१ ख ९२९२ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना भएको थियो ।
दुर्घटनामा ना.६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी ईनरुवा बस्ने २८ वर्षीय सागर चौधरी र दुबै ट्रकको सह–चालक २ जनासमेत गरी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुको ढल्केवर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका प्र.१–०२–००१ ख ९२९२ नम्बरको ट्रक चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया