क्षयरोगलाई निर्मूल पार्न सबैले हातमालो गरौं : स्वास्थ्य कार्यालय बर्दिया

समाचार

कमल राज पौडेल देबकमल, बर्दिया, ११ चैत । हरेक वर्षको मार्च २४ अन्र्तराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । “हो हामी क्षयरोग अन्त्य गछौ” भन्ने मुल नाराका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारीखमा क्षयरोग दिवस मनाउदै छ ।

विश्व क्षयरोग दिवसको अवसर पारेर स्वास्थ्य कार्यालय बर्दियाले स्थानीय पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप टयूब्रक्लोसीस हो ।क्षयरोग प्राचिनकाल देखि नै मानब समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरेको पाइन्छ ।

क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिती प्राचिन समयबाट आजसम्म भएको पाईन्छ ।प्रति वर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाख क्षयरोगकै कारण मृत्यु हुने गर्दछ ।नेपालमा क्षयरोगको तथ्याङ्क झन भयावह छ ।राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसंख्या क्षयरोगले ग्रसित पाइएको छ ।हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगीले वर्षेनी मर्ने तथाङ्क पनि देखिन्छ ।

क्षयरोगीहरुको उमेर समुह धेरै जसो १५ देखि ४९वर्षसम्म हुने गर्छ नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरु रहेका छन ।सन २०१६सम्ममा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन २०२१ सम्म ७७ वटै जिल्लमा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोबिड महामारी र विषम परीस्थितीका कारणले अपेक्ष्या अनुरुप यो लक्ष्य पुरा हुन सकेन यो प्रविधि क्षयरोग पत्तालगाउन धेरै भरपर्दाे गुणस्तर मानिन्छ ।

क्षयरोग ७५ प्रतिशत भन्दा बढी फोक्सोकै क्षयरोग हुने र अन्य ग्रन्थि पाठेघर, पेट, कलेजो, मृगौला, मस्तिष्क र हडिमा हुने गर्छ ।

बर्दियाको हकमा क्षयरोग लागेको सख्या ७ सय ९२ जना छन ति क्षयरोगीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा नियमित दबाई सेवन गराउने कार्य स्वास्थ्य कार्यलय बर्दियाले गरी रहेको र बर्दिया जिल्लामा अन्य जिल्लाहरु जस्तो क्षयरोगको भयावह अवस्था नरहेता पनि यो रोगलाई निर्मुल पार्नको लागि आ–आफनो क्षेत्रबाट सबैले हातेमालो गरौ भन्ने उदेश्यले विश्व क्षयरोग दिवसको उपलक्ष्यमा पत्रकार बन्धुहरुसंग यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरी विश्वका साथै नेपालमा र हाम्रो बर्दिया जिल्लामा क्षयरोगको अवस्था के कस्तो छ त्यसको पनि जानकारी गराउनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको कुरा स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ