वीरगन्ज, ११ चैत । मोटरसाइकलबाट लडेर वीरगन्जमा एक महिलाको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका २१ स्थित ड्राइपोर्ट सडक खण्डबाट चोर्नीतर्फ जाँदै गरेको बिआर ०५ ए एम १६२४ नम्बरको भारतीय मोटरसाइकलबाट लड्दा पछाडि सवार भारतीय महिला मालादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतको रक्सौल निवासी ५० वर्षीया मालादेवी मोटरसाइकलबाट अचानक लडेर टाउकोमा चोट लाग्दा गम्भीर घाइते भएकी थिइन् ।
एल.एस. न्युरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको हो ।
तपाईको प्रतिक्रिया