बारा २ मा चुनाव लड्ने निर्णय गरेको छैन : उपेन्द्र यादव

समाचार

कैलाली, १२ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आफू लड्ने वा नलड्ने निर्णय नगरेको बताएका छन् ।

उनले बारा निर्वाचन क्षेत्र नं. २ मा चुुनाव लडेर संसदमा आउनुपर्ने आफ्ना पार्टी र सत्ता गठबन्धनका नेताहरुले दबाब दिइरहेको बताएका हुन् ।

धनगढीमा आइतबार जसपाले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘उपनिर्वाचन लडेर पुनः संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिरहेका छन् । तर त्यसबारे मैले कुनै निर्णय गरेको छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ