विराटनगर, १२ चैत । मैथिल सञ्चारकर्मी संघ नेपाल कोशी प्रदेशले मैथिली भाषाको विकासमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ ।
संघले विराटनगरमा एक समारोहको आयोजना गरी पाँच जनालाई पुरस्कारसहित सम्मानसमेत गरेको हो ।
पुरस्कृत हुनेहरुमा इन्द्र मिथिला गौरव सम्मानबाट धिरेन्द्र प्रेमर्षीलाई नगद रु २१ हजार १११, उज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल रु ११ हजार १११, रघुनाथ गुप्ता स्वतन्त्र सेनानी पुरस्कारवाट राधा देवी मण्डल रु सात हजार १५१, रामपरि देवी पत्रकार पुरस्कारवाट ब्रह्मदेव यादव रु पाँच हजार १११ र कौशल्या मुसहरी स्मृति पुरस्कारवाट सुश्री श्रेयालाई रु पाँच हजार एवं सम्मानपत्रबाट पुरस्कृत गरिएको छ ।
सो कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, प्रतिनिधि सभाका सदस्य योगेन्द्र मण्डल, कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादव, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, संघका अध्यक्ष नवीन कर्ण, महासचिव वीरेन्द्रकुमार साह र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जीव खनाललगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया