रूपन्देही, १२ चैत । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टीका मन्त्रीहरुले राजीनामा दिएका छन् ।
संघमा सत्ता गठबन्धन परिवर्तन भएपछि लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढाल्नका लागि माओवादी र जनमतका मन्त्रीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाएसँगै नयाँ सरकार निर्माणका लागि प्रक्रिया सुरु हुने भएको छ ।
माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी, कृष्णा केसी र जनमतबाट मन्त्री सीके गुप्ताले राजीनामा दिएका छन् ।
तपाईको प्रतिक्रिया