काठमाडौं, १२ चैत । कोशी प्रदेश नामाकरणको विरोधमा भएको प्रदर्शनमा लाडीचार्जबाट घाइते भई मृत्यु भएकाप्रति जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवं सांसद अशोक राईले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद राईले विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बुको मृत्यु भएकोप्रति संघीय र कोशी प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका हुन् ।
उनले जनताले आफ्नो पहिचान माग्नु नैसर्गिक अधिकार रहेको भन्दै यही लोकतन्त्र र गणतन्त्रभित्र पहिचान माग्ने आन्दोलनकारीहरूको ज्यान लिने शृंखलाको कडी थपिन गएको जिकिर गरे ।
तपाईको प्रतिक्रिया