नमुना हजुरबुवा

समाचार

कमल राज पौडेल देबकल, बर्दिया, १२ चैत । तीन सन्तानका बाबु नन्दलाल भारतीलाई ठकुरबाबा नगरपालिका वडा न. ६ मोतीपुर गाँउका सबै गाउँलेहरुले नमुना हजुरबुवा भनेर चिन्ने गरेका छन ।

तीन सन्तानका बावु भारतीको आजभोली दैनिकी ६ महिने नातीको स्याहारसुसार गर्नमा ब्यथित भैरहेको छ ।

पुरुष अभिभावकले बालबालिकाको स्याहारसुसार गर्नुपर्छ भन्ने भावना प्लान इन्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र द्धारा संचालित बालबालिकाको सपना परियोजना गाउँमा आईपुगे पछी उक्त कार्यक्रममा आफु सहभागि भएपछि थाहा भएको कुरा नन्दलाल भारतीले बताए ।

भारतीका अनुसार बालबालिकाको शारिरिक तथा मानषिक विकाससंग लक्षित यो सपना परियोजना कार्यक्रममा सहभागि भएपछि आफु र आफनो परिवारले बुहारीको गर्व अवस्था देखि बच्चालाई हुर्काउदाँ बच्चालाई आमाको स्तनपान कसरी कतिपटक गराउने, कस्तो खानेकुरा खुवाउने, बच्चासँग कस्तो व्यवहार गर्ने, बच्चाको सामु आफुले मोबाई न चलाउने र बच्चलाई पनि मोबाइल चलाउन नदिने ,बच्चासंग आफु बच्चालाई हेरेर बोली राख्ने ,बच्चालाई घरवरीपरि डुलाउदाँ बोटविरुवाको नामहरु पनि भनि राख्ने, सकेसम्म बच्चाले खेलाउने खेलाउनाहरु घरमै बनाउने ,बजारबाट किनेका खेलौनाहरुबाट टाडा राख्ने, यस्तै अनेकौ नियमहरुछन जसले गर्दा हामीले आफनो बच्चालाई मानसिक र शारिरिक रुपमा स्वस्थ्य बनाउन सक्छौ । उनी थप्छन आजभोली जती मैले आफनो नातीलाई हुर्काउनका लागि समय देएको छु त्यती समय मैले आफनो तिन सन्तान हुर्काउन समय हदाँपनि दिन सकिन किनकी मलाई सन्तान हुर्काउन बाबुको पनि ठुलो भुमीका हुन्छ भन्ने ज्ञान थिएन ।

आज बालबालिकाको सपना परियोजनाले मलाई त्यो ज्ञान दियो र मैले आफनो नातीलाई हुर्काउनका लागि प्रयाप्त समय दिईरहेको छु । त्यसैले मलाई आजाभोली गाँउभरी नमुना हजुरबुवा भनेर चिन्ने गरेका छन् ।

परियोजनाले उक्त क्षेत्रमा विगत ३ वर्ष देखि कार्य गदै आईरहेको बालबालिकाको सपना परियोजनाका सामाजिक परिचालिका रिता चौधरीले बताउनु भयो ।परियोजनाले बालबालिकाको सर्वाङ्गिण विकासका लागि आमाका साथै बुवा ,हजुरबुवा लगायत घरका अभिभावकहरुले के कस्तो कुरामा ध्यान दिन आवस्यक छ भन्ने विषयमा गाँउ गाँउमा यो कार्यक्रमले सहजीकरण गदै आईरहेको चौधरीले बताउनु भयो ।

उक्त परियोजना बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ,ठाकुरबाबा नगरपालिकामा र राजापुर नगरपालिकमा कार्य गदै आईरहेको उहाँले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ