कपिलवस्तु, १२ चैत । आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
हत्या अभियोगमा बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया