जसपा र लोसपानिकट विद्यार्थी संगठनद्वारा मुद्दा दर्ता

समाचार

जनकपुरधाम, १२ चैत । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन मिश्रित प्रणालीमा नभएको भन्दै जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट विद्यार्थी संगठनहरुले उच्च अदालत, जनकपुरमा मुद्दा दायर गरेका छन् ।

जसपानिकट समाजवादी विद्यार्थी युनियन र लोसपानिकट लोकतान्त्रिक विद्यार्थी संघले आइतबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका छन् ।

विद्यार्थी संगठनहरुले सर्लाही क्याम्पस, क्याम्पसका प्रमुख, क्याम्पसको स्ववियु निर्वाचन समिति, क्याम्पसका स्ववियु २०७९ को कार्यसमिति, त्रिवि सभाका तथा कार्यकारी परिषद सचिवालय कीर्तिपुर र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय त्रिविलाई प्रतिपक्षी बनाएका छन् ।

विद्यार्थी संगठनहरुको लामो संघर्ष र बलिदानीबाट स्ववियु निर्वाचन मिश्रित प्रणालीमा प्रत्यक्ष र समावेशी समानुपातिक सहित हुनुपर्नेमा सर्लाही क्याम्पस, मलंगवाले त्यस मूल्य मान्यता विपरीत एकलौटी ढंगले बदनियतपूर्ण संगठनहरुलाई निरुत्साहित र सखाप नै पार्ने नियतले यहि चैत्र ५ गते सम्पन्न गराएको स्ववियु निर्वाचन रद्द गराई पुनः त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन निर्देशिका २०७९ बमोजिम निर्वाचन गराउन माग गरिएको छ ।

समाजवादी विद्यार्थी युनियन नेपालको तर्फबाट केन्द्रिय अध्यक्ष रमेश कुमार यादवका साथै लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट युवा विद्यार्थी नेता मिथलेश यादव सहित केन्द्रीय सदस्य श्याम साह केशरीद्वारा संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालय र सर्लाही क्याम्पस, मलंगवाको क्याम्पस प्रशासन तथा स्ववियु निर्वाचन समिति विरुद्ध मुद्दा दर्ता गराइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ