पर्सा, १३ चैत । कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागूऔषध चरेशसहित पक्राउ गरिएको छ ।
अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब १० केजीसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया