मोरङ, १३ चैत । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
कटहरी गाउँपालिका–४ स्थित रंगेली बिराटनगर सडकको जुडीपुलमा को.२ प ३५३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक धनपालथान गाउँपालिका–७ बस्ने ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया