प्रेमचन्द्र झा, रौतहट, १४ चैत । सदरमुकाम गौरस्थित गौरी शंकर यादव म्याम्पसले विविएस चौथो बर्षको परीक्षा चिट चोराउन मात्र होइन डकैति गर्न नै छुट दिइरहेका छन् ।
सो परीक्षा केन्द्रको सामाजिक संजाल र टिकटकमा भाईरल भएको भिडियो र फोटोले परीक्षाको चिरहरण भएको जस्तो देखिएकोछ ।
सोमबार विविएस चौथो वर्षको फन्डामेन्टल अफ कोर्पोरेट फाइनान्स (ँगलमबmभलतब िइा ऋयचउयचबतभ ँष्लबलअभ) परिक्षाको बाहिरी बाताबरण हेर्दा २०÷२५ वर्ष पहिले भारत बिहारको भन्दा खतम सतरको परीक्षा हाम्रो नेपालमा भइरहेको प्रमाणित गराएका छन् ।
त्रिभुवन विश्वविद्यालयसंग आवद्व क्याम्पसमा फाईन परिक्षाको यो अवस्था हेरेर लाज मर्दाे बनाउने काम भएको हो। परीक्षा रद गर्न स्थानिय शिक्षक सन्तोष पौडेलले माग गरेका छन् ।
सो परिक्षा केन्द्रमा जिल्ला प्रहरी कार्यालय गौरबाट ६ जनाको टोली समेत परिचालन गरिएको सो कार्यालयबाट बुझिएको छ ।
सो परीक्षा केन्द्रका केन्द्राध्यक्ष, डिउटी खटेका प्रहरी टोली, विभिन्न गार्डको नाममा भत्ता खाने व्यक्तिलाई आवश्यक क्षानविन गरि कडा कार्यवाही गर्न स्थानिय प्रत्यक्षदर्शीले माग गरेका छन् ।
गौरी शंकर यादव कयाम्पसका व्यवस्थापन प्रमुख मोहन यादवसँग सोध्दा भोली (चैत्र १४ गते)देखिको परिक्षा अनुशासित तवरले गराउने प्रतिवद्वता व्यक्त गरेका छन् ।
गौरी शंकर यादव कयाम्पस परीक्षा केन्द्रमा रौतहट जिल्लामा त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त जुद्व क्याम्पस गौर, मध्य रौतहट क्याम्पस गरुडा, जयकिसान क्याम्पस धरहरि, कटहरिया क्याम्पस, जनज्योति क्याम्पस चन्द्रनिगाहपुर, लक्ष्मी श्री क्याम्पस समनपुर,बागमती क्याम्पस पिपरा भलोहिया र वाल्मीकि क्याम्पस गौरको गरि करिब ३ सय पचास जना विधार्थी परीक्षा दिइरहेको व्यवस्थापक यादवले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया