चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजकले तोडे अनसन

समाचार

जनकपुरधाम, १८ चैत । आमरण अनसनमा बसेका चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले आमरण अनसन तोडेका छन् ।

आमरण अनसनमा बसेका यादवले शनिबार बिहान आमरण अनसन तोडेका हुन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार बिहान आमरणस्थलमा संयोजक यादवलाई जुस खुवाएर अनसन तोड्न लगाएका थिए ।

सुनिल यादव बिहीबार साँझ ४ः०० बजेदेखि भूमिहीन दलित, सुकुम्वासीहरूको भूमि अधिकारका निम्ति र चुरे वन जङ्गल संरक्षणसहितको विभिन्न ६ बुँदे मागसहित जनकपुरधामको जनक चोकमा आमरण अनशनमा बसेका थिए ।

मुख्यमन्त्री यादवले एक साताभित्र एक समिति गठन गरेर प्रदेश सरकारले गर्न सक्ने सबै काम गर्ने तथा केन्द्र सरकारसँग सरोकार रहेको विषयमा केन्द्र सरकारसँग पहल गर्ने बताएपछि यादवले अनसन तोडेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ