रास्वपाले बारा २ मा रमेश खरेललाई उम्मेद्वार बनायो

समाचार

काठमाडौं, १८ चैत । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार रास्वपाले पत्रकार सम्मेलन गर्दै चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी सबैभन्दा ठूलो र लोकतान्त्रिक बन्ने दाबीसमेत गरे ।

पत्रकार सम्मेलनमा रास्वपाका उम्मेदवार खरेलले देशमा सुशासन र कानुनी राज्य स्थापनाका लागि सिन्डिकेट तोड्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ