कपिलवस्तु, १९ चैत । बुद्धभूमि नगरपालिकामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको ज्यान गएको छ ।
बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित सडकमा रोकी राखेको ग.१ ख ३८३५ नम्बरको ट्रकमा रा.३ प ७६७० नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार विजयनगर गाउँपालिका–४ त्रिपालनगर बस्ने २९ वर्षीय बाबुराम कुँवरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया