मधेशी एकता समाजद्वारा दुबईमा “बृहत् इफ्तार कार्यक्रम“ कार्यक्रम सम्पन्न

समाचार

काठमाडौं, १९ चैत । मधेशी एकता समाज युएईको आयोजनामा शनिबार दुबईको अल–सफा पार्कमा मुस्लिम धर्मालम्बीहरुको रमजान पर्बको “बृहत् इफ्तार कार्यक्रम“ भब्यताका साथ सम्पन्न गरिएको छ ।

मधेशी एकता समाज युएई संस्थाको स्थापनाकालदेखि नै मधेशका विभिन्न संस्कृतिहरुलाई समेट्दै आएको संस्था हो, जुन हरेक वर्ष मधेश (नेपाल) मा मनाईने होलि तथा रमजान को इफ्तार कार्यक्रम गर्दै आईरहेको छ। मधेशी एकता समाज युएई तथा नेपलीज मुस्लिम सोसाइटी, युएई दुवै संस्थाका प्रतिनिधि हरुको बाक्लो उपस्थिति थियो।

मधेशी एकता समाज युएई संस्थाका अध्यक्ष कृष्णा ठाकुरले आमन्त्रित सबै सदस्यहरुलाई संस्थाको निमन्त्रणालाई स्वीकार्दै इफ्तार कार्यक्रममा नेप्लिज मुस्लिम सोसाइटीका सम्पुर्ण पदाधिकारीहरुलाई मधेसी एकता समाजले बिशेष आभार ब्यक्त गरेका छन् ।

शुभकामना संदेशको क्रममा संस्थाका संस्थापक तथा बरिष्ठ सल्लाहकार डाक्टर रबिन्द्र यादवले इफ्तार कार्यक्रमलाई सफलताको शुभकामना दिदै यस्ता कार्यक्रम ले देश तथा बिदेशमा बसेका मधेशीबीच र समाजमा आपसी मेलमिलाप, भाइचारा तथा शौहार्द्पूर्ण वातावरणको सृजना गर्छन भनेर भनेका छन् ।

यसै क्रममा नेपलीज मुस्लिम सोसाइटीका अध्यक्ष नौमान सिद्दिकीले दुवै संस्थाका सदस्यहरुलाई धन्यवाद दिदै, हामी मधेशी (नेपाली) विश्वको कुनै पनि कुनामा बस्दा एक आपसमा भावनात्मक रुपले जोडिएका हुन्छौ, जुन एउटा सरल र शिक्षित समाजको पहिचान तथा मूल मर्म हो, हामी बिदेशमा भएर पनि यसरि एक साथ बसेर इफ्तार गर्यौं जुन आफैंमा सकारात्मक संदेश हो। यो दुवै संस्थाले सुरुदेखि नै एक अर्कालाई हरेक कार्यक्रममा सहकार्य गर्दै आएका छन् ।

शुभकामना संदेशकै क्रममा दुवै संस्थाका सदस्यहरु सुधिर सिंह, लालबाबु सिंह, अनिल साह, तनवीर आलम, शाहनवाजÞ अख्तर, फैशल हुसैन, राम साह, भोला पासवान, सगीर साफी, धर्मेन्द्र गोहिबार, राकेश तिवारी, रोशन देव आदि सबैजनाले यस इफ्तार कार्यक्रमको धन्यवाद दिदै आगामी दिनहरुमा यसरि नै एकजुट भई हामी सबैले एक अर्काको सम्मान गर्दै देश को विकाश तथा असल समाजको लागि अगाडी आउनु पर्छ भनेका छन् ।

कार्यक्रमलाई सुन्दर ढङ्गले ब्यबस्थापन गर्दै राम्रोसँग समापन गर्न अथाह खट्ने र अहम भुमिका निर्बाह गर्ने सदस्यहरुलाई बिशेष धन्यवाद ज्ञापन गर्दै इफ्तार कार्यक्रमलाई समापन गरिएको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ