रौतहटमा मेयरको नामबाट परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

समाचार

रौतहट, १९ चैत । देवाही गोनाही नगरपालिकाका नगरप्रमुखको नामबाट विद्यालय शिक्षा परीक्षा (एसइई) को गणित विषयको परीक्षा दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको नामबाट एसइई परीक्षा दिँदै गरेका गरुडा–६ पोठियाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साह नगरप्रमुखको ज्वाई रहेको बताइएको छ ।

मौलापुर नगरपालिकास्थित लक्ष्मिनिया माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

परीक्षा सञ्चालन भइरहेको बेलामा केन्द्रमा परीक्षा दिइरहेका साह प्रति अनुगमन टोलीलाई शङ्का लागि चेकजाँच गर्दा उनी नक्कली परीक्षार्थी रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ