बारा २ मा लोसपाले जसपालाई समर्थन गर्ने

समाचार

काठमाडौं, २० चैत । आसन्न उपनिर्वाचनको बारा निर्वाचन क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनता समाजवादी पार्टी नेपाललाई समर्थन गर्ने भएको छ ।

वैशाख १० मा हुने उपनिर्वाचनमा जसपाका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय लोसपाले गरेको हो ।

यसअघि बारा २ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने चर्चा चलेपनि जसपालाई सघाउने निष्कर्षमा पुगेको हो ।

लोसपाले सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपाका उम्मेदवार यादवलाई समर्थन गर्ने जनाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ