कपिलवस्तु, २० चैत । बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित सडकमा लु.७९ प ३६६० नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने ५४ वर्षीया लक्ष्मी न्यौपानेको आइतबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको युनाईटेड अस्पताल ठाकरापुर हुँदै चौराहा अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया