६६औं सहकारी दिवस मनायो

समाचार

विराटनगर, २० चैत । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङद्वारा जिल्ला सहकारी संघ लि. मोरङले आयोजना गरेको ६६औं राष्ट्रिय सहकारी दिवस २०७९ को उद्घाटन भएको छ ।

सुन्दरहरैचा नगरपालिकास्थित विराटचोकको जेसिस हलमा सम्पन्न सहकारी दिवसको उद्घाटन गर्दै प्रदेश प्रमुखले भारतको दक्षिणी प्रान्तमा अन्नपातको हाहाकार हुँदा हरित क्रान्ति शुरु भएको र उक्त क्रान्ति सहकारिताको माध्यमबाट भई भारतले सिंगो भारतमा मात्र नभई विश्वबजारलाई नै अनाज उपलब्ध गराउन सफल भएको बताएका थिए ।

कार्यक्रममा वर्ष सहकारी व्यक्तित्व लक्ष्मीप्रसाद मेहता र विन्दा श्रेष्ठ, साथै सहकारी पत्रकारिता पुरस्कार चिना थापालाई प्रदेश प्रमुखको हस्तबाहुलीबाट प्रदान भएको थियो ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाइँ, जिल्ला सहकारी संघ लि.का अध्यक्ष डिल्ली पोखरेलले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ