रौतहट, २१ चैत । चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा ना.६ ख २३७९ नम्बरको ट्रक चालक धनुषा मिथिला नगरपालिका–११ बस्ने ५० वर्षीय डम्बर बहादुर योञ्जनको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।
ट्रकमा लोड भएको तारले विद्युतको तार छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सर्लाही हररिओनस्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया