सूचनामा महिलाको पहुँच

समाचार

शिवा शर्मा, बर्दिया, २१ चैत । गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा र संचारीका समूह नेपाल बर्दियाको आयोजनामा “स्थानीय सूचनामा महिलाहरुको पहुँच कसरी बढाउने ” भन्ने विषयमा १ दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा बर्दिया जिल्ला भित्र रहेका संचारीका समुहमा आवद्ध पत्रकार महिलाहरु, गुलरिया नगरपालिकाको महिला जनप्रतिनिधिहरु, महिला अधिकारकर्मीहरुका साथै अन्य संघसंस्थाका महिला प्रतिनिधिहरु गरी जम्मा ७५ जनालाई सहभागी गराएको कुराको र आउने दिनमा महिलाहरुलाई सबै क्षेत्रमा शसक्त बनाउनका लागि गुलरिया नगरपालिकाले महिला सशक्तिकरणका कार्यक्रमहरु ल्याउने कुराको गुलरिया नगरपालिकाको उपप्रमुख सावित्रा गौतमले बताए ।

महिला हक हितको बारेमा साधै कलम चलाउँदै आइरहेको संचारीका समूहको स्थापना आज भन्दा २६ वर्ष पहिला भएको हो र यो संस्थाले नेपालको ७५ वटै जिल्लामा आफनो शाखाहरु स्थापना गरेर महिला हक अधिकारका लागि आवाज उठाउँदै आइरहेको छ ।

बर्दिया जिल्ला भित्र पनि महिलाहरुको मुद्दाहरुमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ, त्यो भूमिका अझ सशक्त होस् भन्ने उद्देश्य राखेर हामीले गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय सूचनामा महिलाको पहँुच कसरी बढाउने भन्ने शीर्षकमा १ दिने कार्यक्रम गरेको संचारिका समूह बर्दियाको अध्यक्ष पुष्पा चौधरीले बताइन् ।

गुलरिया नगरपालिकाका सूचना प्रविधि अधिकृत अजय सिंह ठाकुर, संचारिका समुह बर्दियाका अध्यक्ष्य पुष्पा चौधरी, महिला विकास अधिकृत शिला शाह र गुलरिया नगरपालिकाको उपप्रमुख सावित्रा गौतमले प्रशिक्षण दिएको कुरा संचारिका समुहका कोषध्यक्ष्य मेनका चौधरीले जानकारी दिइन् ।

कार्यक्रमको उद्घाटन सत्रको अध्यक्ष्यता संचारिका समुह बर्दियाको अधयक्ष पुष्पा चौधरीले गरेकी थिइन् भने प्रमुख अतिथि गुलरिया नगरपालिकाको उपप्रमुख सावित्रा गौतम र अन्य अतिथिहरुमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह लगायत स्थानीय आम संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ