मधेश सरकारबाट एमालेका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

समाचार

जनकपुरधाम, २१ चैत । मधेश प्रदेशका सबभन्दा ठूलो दल नेकपा एमालेका मन्त्रीहरूले मधेश प्रदेश सरकारबाट सामूहिक राजीनामा दिएका छन् ।

एमालेका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जयद आलम तथा गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले सामूहिक राजीनामा दिएका हुन् ।

केन्द्रमा आएको सत्ता परिवर्तनका कारणले मधेश प्रदेशको सरकारमा नेकपा एमाले बसिरहन उपयुक्त नभएको भन्दै आफूहरूले राजीनामा दिएको एमालेका संसदीय दलका नेता समेत रहेका सरोज कुमार यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ