रूपन्देही, २२ चैत । देवदह नगरपालिका–२ ढेकावारस्थित प्रतिक्षालयबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार साँझ पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका–२ बस्ने २३ वर्षीय राजेश थापा र सोही नगरपालिका–४ बस्ने २२ वर्षीय सिमान्त रायमाझी रहेका छन् ।
वडा प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया