वीरगन्ज, २२ चैत । पर्सा जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिराभवानी गाउँपालिका–१ स्थित सडकमा सुवर्णपुरबाट वीरगंजतर्फ जाँदै गरेको बिआर ०१ पिए २८७६ नम्बरको जिप आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा जिपमा सवार ठोरी गाउँपालिका सुवर्णपुर बस्ने २९ वर्षीय नकुल पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी, वीरगंज महानगरपालिका–१७ अलौस्थित सडकमा ना.५ च ४७५ नम्बरको गाडीले प्र २–०३–०२२ प ९८०० नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक जिराभवानी गाउँपालिका–३ परसवा बस्ने ४५ वर्षीय मनोज पासवानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया