कमल राज पौडेल देबकमल, बर्दिया, २३ चैत । जनमत पार्टीका नेता तथा पूर्वखानेपानी मन्त्री अब्दुल खानले नेपाल प्रहरीको साइबर ब्यूरोमा नाम किटानीसहित कडा कारवाहीको माग गर्दै साईबर क्राइमको मुद्दा दर्ता गराएका छन् ।
पूर्वमन्त्री खानले आफूलाई केही व्यक्तिहरुले योजनावद्ध तरिकाबाट चरित्र हत्या गर्ने उद्देश्यले गैरकानूनी रुपमा अश्लील भिडियो बनाई विभिन्न सामाजिक संजालको ग्रुपमा प्रसार प्रचार गरी रहेकाले आफूलाई मानसिक तनाब भैरहेको र उक्त घृणित कार्यले गर्दा पिछडीएका समुदायको हक अधिकारका लागि लडिरहेको जनमत पार्टीलाई समेत बदनाम गर्ने कार्य गरेकाले आफूले प्रहरी प्रधान कार्यालयको अपराध अनुसंन्धान तथा कारवाही शाखाको साईबर ब्यूरोमा मुद्दा दर्ता गराएका हुन् ।
साथै पूर्वमन्त्री खानले डिजिटल क्रान्तिका गलत कुराबाट बच्न सबैलाई आग्रह गर्दै गलत कार्यको विरुद्ध सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
भिडियो बनाउने प्रसार प्रचार गर्ने व्यक्ति समूहलाई कानूनी कारवाही गर्न नेपाल प्रहरीले देखाएको सक्रियताप्रति पूर्वमन्त्री खानले सराहनीय कार्य रहेको बताएका हुन् ।
उनले प्रहरीको उक्त कार्यले आमनागरिक जनमत पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुलाई धैर्यधारण गरी न्यायको पर्खाईमा बसिदिन अनुरोध गर्दै छिट्टै न्याय प्राप्त हुने विश्वास गरे ।

तपाईको प्रतिक्रिया