टिपर र ट्याक्टर ठोक्किँदा एकको मृत्यु

समाचार

मोरङ, २३ चैत । रतुवामाई नगरपालिका–१० सोमबारेस्थित सडकमा टिपर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

ना.१ क ६१६० नम्बरको टिपर र को.१ त ६५३६ नम्बरको ट्याक्टर एक–आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका–४ बस्ने ४५ वर्षीय भुषण लाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ