रौतहट, २४ चैत । चुनावमा हात्ती, हात्तीको बलले कमिला– कमिलाको बलले लडने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सूचना तथा सञ्चार मन्त्रालय मातहतका आम सञ्चार प्राधिकरण जनकपुरधामसँग मेल खान गएको छ ।
गृह जिल्ला सप्तरीमा भारी मतले पराजय भोगिसकेका उपेन्द्र यादवको काँध थप्ने प्रयास आम सञ्चार प्राधिकरणले गरेका छन् ।
मधेश प्रदेश सरकारको सत्ताको मुख्य हर्ताकर्तालाई बल दिन बाराको पत्रकारलाई लक्षित गरि चुनावको मुखमा कार्यक्रम सार्वजनिक गरि निर्वाचन आचार संहितालाई धज्जि उडाने काम भएको हो ।
सो किसिमको कुनै पनि कार्यक्रम रौतहटमा न पारी गठबन्धनका उमेदवार उपेन्द्र यादवको पक्षमा बाराका पत्रकारलाई प्रभावमा पार्ने काम गरेको सहजै बझन सकिन्छ ।
दलीय चिन्तन तथा नेताको भजन मन्डलीको बारम्बार आरोप खेपिरहेका मिडिया प्राधिकरणको गलत निर्णय तत्कालै सच्याउन रौतहटका पत्रकारहरुले सम्बन्धित पक्षसँग अनुरोध गरेका छन् ।
कोभिड १९ मा मधेश प्रदेशभरिमा रौतहटका दुई जना पत्रकार मनोज चौधरी र रामा देवी यादवको मृत्यु हुँदा आमसञ्चार प्राधिकरण तथा मधेश सरकारले चरम बेवास्ता गरेका थिए ।
नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारी तथा पीडित पक्षले स्वयं पटक–पटक आग्रह अनुनय विनय गर्दा समेत नसुन्ने आमसञ्चार प्राधिकरण कुन नियतले निर्वाचन आचारसंहिता लागेको बेलामा यस्ता विभेदकारी सुचना प्रकाशन गरेका छन् ।
रौतहट जिल्लालाई कुनै कार्यक्रममा न पारी विभेद नगरी के संदेश दिन खोज्दै छन । विभेदको चरम सिमापार गरेकोले खेद व्यक्त गर्नु सिवाय अरु के भन्न सकिन्छ ।
आमसञ्चार प्राधिकरण स्थापना कालदेखि रौतहटका पत्रकारसँग बारम्बार सौतेला व्यवहार गरेको धेरै उदाहरण छन् ।
ब्रेन ट्युमरको उपचारमा भारतको नयाँ दिल्लीमा उपचारमा रहेका पत्रकार रामपुकार राउत तथा काठमाडौ उपचारमा रहेका पत्रकार फणिदेव महतका बारेमा कहिल्यै न सोच्ने सहयोग नगर्ने आम सञ्चार प्राधिकरण र पदाधिकारीलाई के भन्छन मधेश प्रदेशका पत्रकार नेता जस्तै तपाईहरुको सतारोहन तलब, भत्ता तथा सुखशयल कै लागि भएको हो ।
यस्ता विभेदकारी नीति लिई चल्ने पदाधिकारीलाई आफनो गलत क्रियाकलाप तत्काल सच्याउन पत्रकारहरुले माग गरेका छन् ।
तपाईको प्रतिक्रिया