सुनसरी, २४ चैत । धरान उपमहानगरपालिका–३ पालिका बजार डेरा गरी बस्ने धनकुटा घोर्लिखर्क गाउँपालिका–२ घर भएका एक जनालाई पक्राउ गरिएको छ ।
३२ वर्षीय रमेश श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ५ सय मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया