मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

समाचार

सप्तरी, २४ चैत । बोदेबर्साइन नगरपालिका–२ बैरियास्थित सडकमा को.१७ प ९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–५ भाटिन बस्ने १७ वर्षीय सागर पंडितको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ