विद्युत सर्ट भई १९ लाखको क्षति

समाचार

रौतहट, २४ चैत । देवाही गोनाही नगरपालिका–१ करुनिया टोल बस्ने नुरैन उर्फ शेख मुनाको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा १९ लाखभन्दा बढीको क्षति भएको छ ।

उक्त आगो फैलिएर सोही ठाउँ बस्ने शेख ईस्तखार, शेख सदामको, शेख मेराजुल हक, शेख रेसुल आलम, शेख नेकमहमद र शेख मजिबुर रहमानको घरमा समेत आगलागी भएको थियो ।

सो आगलागीमा करिब १९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ