मोरङ, २४ चैत । सुनवर्षी नगरपालिका–८ सिक्टी नाकाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ५ हजार ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनवर्षी नगरपालिका–६ रवनपुर बस्ने २६ वर्षीय दिनेश कुमार दास र सोही ठाउँ बस्ने १९ वर्षीय मन्तोश कुमार दास रहेका छन् ।
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३७ प ८३४१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया